माइधार (शिबसताक्षी), १५ भदौं–पुर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दोमुखाको आगामी नयाँ नेतृत्वका लागि शनिबार सम्पन्न नर्वाचनको मत परिणाम आएका छ ।

नेकपा (एमाले), काँग्रेस–माओवादी केन्द्र र स्वतन्त्रसहित त्रिपक्षिय भिडन्त भएको निर्वाचनमा दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाको अध्यक्षमा मोहनबहादुुर कार्की निर्वाचित भएका छन् । कांग्रेस–माओवादीबाट उम्मेद्धार बनेका कार्कीले ४८७ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी अध्यक्ष पदका दुई उम्मेद्वार मनबहादुर मगर र किरण ओलीलाई हराउँदै तीन वर्षे कार्याकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । एमालेबाट उम्मेद्धार बनेका मगरले ४२६ मत प्राप्त गरेका छन् भने, आलीले १४६मत प्राप्त गरेका छन् । ओली स्वतन्त्र उम्मेद्धार हुन् ।

त्यस्तैगरी प्रथम उपाध्यक्ष पदमा ६६८ मत प्राप्त गरी प्रेम जवेगु विजयी भएका छन् । सोही पदका उम्मेद्वार ठाकुरप्रसाद ढकालले ३५९ मत प्राप्त गरेका थिए ।

संस्थाको द्वितीय उपाध्यक्षमा ५२१ मत प्राप्त गर्दै इन्द्र न्यौपाने विजयी भएका छन् भने, सोही पदका उम्मेद्वार कृष्ण बस्नेतले ४६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा तेजबहादुर भट्टराई विजयी भएका छन् । भट्टराई ५१९ मत प्राप्त गरी विजयी भएका हुन् भने, पदका उम्मेद्वार धनकुमार ढकालले ५०३ मत प्राप्त गरेका छन् ।

सह सचिवमा ५७२ मत प्राप्त गर्दै अग्नीप्रसाद राई विजयी भएका निर्वाचन समितिले जनाएको छ । सोही पदका उम्मेद्वार देवीबहादुर चेम्जोङ्ग ४२८ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा चुनमाया दाहाल ९आशा०ले ५३२ मत प्राप्त गर्दै विजयी भएकी छिन् ।

सोही पदकी रेनुका फुयलले ४८१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सदस्य पदको मत गणना अन्तिम चरणमा रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *