काठमाडौं, १५ भदौं–समाजवादी प्रेस संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनको २९ र ३० गते हुने भएको छ ।

हिजो (शनिबार) काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकबाट महाधिवेशनको मिति तय गरेको हो। बैठकले विभिन्न प्रस्तावसहित संगठनको तेस्रो महाधिवेशन सम्पन्न गर्न कार्ययोजना समेत बनाएको छ।

फागुनको २९ र ३० गते रूपन्देहीको लुम्बिनीमा महाधिवेशन सम्पन्न गरिने बैठकले निर्णय गरेको छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टी उपाध्यक्ष एवं प्रेस संगठनका इन्चार्ज प्रकाश ज्वालाको विशेष अतिथ्यमा सम्पन्न बैठकले संगठनको मूल संरचना निर्माण, जिल्ला र प्रदेशहरूको अधिवेशन सम्पन्न गराउन निर्देशन दिएको छ ।

सोही अवसरमा समाजवादी प्रेस संगठनका सल्लाहकार किशोर श्रेष्ठलाई विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई तथा सम्मान गरिएको थियो । बैठकले राष्ट्रिय महाधिवेशनमा वितरण गर्ने गरी दुई वटा पुरस्कार घोषणा गरेका छन ।

५० हजार राशिको प्रदीप नेपालस्मृति पत्रकारिता पुरस्कार र १५ हजार राशिको सुरेश रजक फोटो पत्रकारिता पुरस्कार घोषणा गरिएको छ ।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा भएको सो बैठकले प्रेसमाथि भइरहेको विभिन्न हस्तक्षेप विरुद्ध आवाज उठाउने र पटकपटक राज्यपक्षबाट प्रेसमाथि भइरहेको धम्की तथा अंकुशप्रति खबरदारीका कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *