झापा, १५ भदौ–झापाको कचनकवल गाउँपालिका–२ रतिबारीमा खाल्डोमा डुबेर आज एक महिलाको मृत्यु भएको छ । माटो निकाल्न खनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ४६ वर्षीया उजारु राजवंशीको ज्यान गएको हो ।

मृतक उजारु राजवंशी उखारू राजवंशीकी श्रीमती हुन् । उनी आफ्नो घरदेखि करिब १५० मिटर पश्चिमतर्फ झारु राजवंशीको खेतमा पुगेकी थिइन्, जहाँ माटो निकालिएको खाल्डोमा पानी जमेको थियो ।

साँझ करिब ५ बजे स्थानीयले उनलाई डुबेको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर कानूनी प्रक्रिया पूरा गरेको छ ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *