धरमपुर, १५ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा चयन भएका हुन् ।
यसअघि ओझा दुईपटक जिल्ला सचिव भएका थिए । राप्रपाको विधानमा कुनै पनि पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था गरिएको छ । बिर्तामोडस्थित अतिथि सदनमा शनिवार भएको अधिवेशनले ओझाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरेको छ । वाँकी १२ जना सदस्य भने अध्यक्षले मनोनयन गर्ने विधानत व्यवस्था भएकाले उनीहरुलाई पछि चयन गरिने बताइएको छ ।
अध्यक्ष ओझालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमाणपत्र प्रदान गरेका थिए । उनीसंगै जिल्लाका पदाधिकारी, पालिका अध्यक्ष सहितका पदाधिकारी र क्षेत्रीय अध्यक्ष सहितका पदाधिकारीलाई समेत प्रमाणपत्र बितरण गरिएको थियो ।
अध्यक्ष ओझाको नेतृत्वमा निमसरी राजवंशी, विष्णु गिरी, दिपेश राई, टीकाराम ९चक्र० फूयाल, राजकुमार योङ्या, लक्ष्मीदेवी मैनाली, अस्मिता खरेल, सूर्य खतिवडा, सीता लम्साल, युवराज लुइटेल, प्रकाश वस्नेत, सेलिना राई , विष्णु पौडेल सदस्य रहेका छन् ।
यसैगरी, टिकाराम बराल, वावुराम पराजुली, शिववहादुर कटुवाल, नम्दलाल राजवंशी, इन्दिरा रिजाल, छविलाल लम्साल , शंकरप्रसाद रिजाल, रामकुमार लिङ्खिम, कुल वहादुर थापा, प्रविण रिजाल, संगीता रौनियार, पशुपति पोखरेल, खेम कार्की, सत्यनारायण यादव, शारदा वुढाथोकी, हर्क तामाङ, प्रेम फुयाल, गंगादेवी दुलाल, चित्रा श्रेष्ठ, देवीवहादुर थापा, खगेन्द्र पाण्डे, भीमवहादुर वस्नेत, वालिका रायमाझी, कृष्णमाया थापा , राम न्यौपाने रहेका छन् ।
पालिका अध्यक्ष सहितका पदाधिकारी यस अघि नै सम्पन्न अधिवेशनले चयन गरेकाले उनीहरुलाई समेत प्रमाणपत्र बितरण गरिएको छ ।
अध्यक्ष लिङ्देनले मेचीनगर अध्यक्ष चन्द्र निरौला, वुद्धशान्ति अध्यक्ष गणेशप्रसाद खरेल, अर्जुनधारा अध्यक्ष हर्कजंङ लिम्बू, बिर्तामोड अध्यक्ष लक्ष्मीप्रसाद गौतम, कनकाई गोपाल चुडाल, शिवसताक्षीका मणिप्रसाद खड्कालाई प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैगरि,कमल गाउँपालिका राप्रपा अध्यक्ष खड्गवहादुर श्रेष्ठ, दमकका हेम सुवेदी, गौंरादह शान्तिराम पौडेल, गौरीगञ्ज अध्यक्ष नम्दु थापा, झापा गाउँपालिका प्रेम प्रसाईलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै,वाह्रदशी गाउँपालिका राप्रपा अध्यक्ष पीवी कटुवाल, हल्दिवारी अध्यक्ष एकराज रानामगर, कचनकवल राप्रपा अध्यक्ष लक्ष्मीनारायण यादव, भद्रपुर नगर अध्यक्ष राजकुमार राईलाई समेत अध्यक्ष लिङ्देनले निर्वाचित प्रमाणपत्र प्रदान गरे ।