दमक, १६ भदौं–दमक बहुमुखी सहकारी संस्थाले आज २३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–१ फाल्गुनन्द चोकमा अवस्थित दमक बहुमुखी सहकारी संस्थाले सोमबार कस्मिक पार्टी प्यालेसमा उत्कृष्ट कारोबार कर्ता, बाल बचत, जेष्ठ सदस्य सम्मान र शैक्षिक प्रोत्साहनका कार्यक्रमहरुसहित २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष मोहनकुमाार श्रेष्ठको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा भएको थियो ।
वार्षिक साधारणसभमा सहकारी संस्थाका जेष्ठ सदस्यहरु नगदसहित खादा ओढाएर सम्मान गरिएको थियो । यसरी सम्मानित हुन जेष्ठ सदस्यहरुमा श्यामकृष्ण ताम्राकार, तीर्थ कुमारी बज्राचार्य, नैनमाया मगर, पदमलाल अधिकारी, लालबहादुर तामाङ, कौसिला देवी निरौला, यामबहादुर जिसी, इन्दिरा देवी निरौला, सर्म कुमारी उदास, जीवनाथ खनाल र टीका बहादुर नेपाल छन् ।
त्यस्तै, जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन अन्तर्गत इसइईमा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने तपस्या सिग्देल, संस्थागततर्फ निहारिका शर्मा, निशा काफ्ले र स्नातक तह उर्तिण गर्ने अनुष्का शर्मालाई नगद रुपैयाँसहित कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
वार्षिक साधारणसभाको उद्घाटन समारोहमा सहकारी संस्था सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक बर्ष २०८१।०८२ को अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तैं, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिको तर्फबाट तयार पारिएको लेखा प्रतिवेदन संयोजक द्रोर्णप्रसाद खनालले प्रस्तुत गर्नुभएको सहकारी संस्थाका व्यवस्थापक पारसमणी अर्यालले जानकारी गराउनुभयो ।
साधारणसभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीबहादुर (गोपाल) गुरागाई, दमक बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष गजेन्द्रकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए भने सञ्चालन सहकारी संस्थाका सचिव रुपनारायण न्यौपानले गर्नुभएको थियो ।
सहकारी संस्थाका सचिव न्यौपानेका अनुसार दमक बहुमुखी सहकारी संस्था २०५८ सालमा स्थापना भएको हो । हाल, सहकारी संस्थामा २६०८ जना शेयर सदस्यहरु छन् । सहकारी संस्थाको शेयर पूंजी ३ करोड ३८ लाख १३ जार ८ सय पुगेको सचिव न्यौपानेले बताउनुभयो।