दमक, २० कार्तिक–दमक उद्योग बाणिज्य संघले बिहिबार एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद तिम्सिनालाई बिदाई गरिएको छ ।

उद्योग बाणिज्य संघको कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर डिएसपी तिम्सनाको आगामी दिनको कुशलता र सफलताको शुभेच्छासहित बिदाई गरिएको हो ।

संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा र निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यताम फेरी भेटौलासहित डिएसपी तिम्सिनाको बिदाई गरिएको थियो । बिदाई समारोहमा डिएसपी तिम्सिनालाई दमकका उद्योगी तथा व्यवसायीहरुको तर्फबाट खादा ओढाएर मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई, सूनचाँदी व्यवसायी संघ दमकका अध्यक्ष काशी खाती, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल, जीवनचक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जीवनचक्र समाजबाट बिदाई

यसैबीच, सोही कार्यक्रममा डिएसपी तिम्सिनाको आगामी कार्याकाल सुखद रहोस् भन्दै जीवनचक्र समाज नेपालले मायाको चीनो प्रदान गरिएको छ । समाजका अध्यक्ष गणेशप्रसाद गौतमले डिएसपी तिम्सिनालाई खादा ओढाएर मायाको चिनो प्रदान गरेका थिए ।

डिएसपी तिम्सिना १० महिना अघि इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हाल्न आएका थिए । उनी कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् । उनका स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल आउने भएका छन् ।

कार्यक्रममा दमक जेसीसका महासचिव राजेन्द्र बिमली, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, दमक उद्योग बाणिज्य संघ लेखा सुपरिवेक्षण समितिका संयोजक नेत्रप्रसाद चम्लागाई, सल्लाहकार समितिका सदस्य युवराज घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, ततृया उपाध्यक्ष रुवल अधिकारी, विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, दमक उद्योग बाणिज्य संंघका कार्यसमितिका सदस्यहरुको उपस्थिति थियो । सो कार्यक्रमको सहजिकरण संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *