दमक, २३ कार्तिक–छिमेकी पालिकालाई परेको समस्यामा सहयोग गर्नु गतिलो उदाहरण बनेको छः कमल गाउँपालिकाको कार्यालय ।

झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफुसंग भएका ३ वटा सवारी साधन मध्ये दुई वटा सवारी साधन उपलब्ध गराएको छ ।

गाउँपालिकासग रहेका ३ वटा गाडीहरुमध्ये मे १ झ १४७ नम्बरको स्करपीयो पालिकाले आफ्नै श्रोतबाट खरिद गरेको हो भने बाँकी रहेको दुईबटा गाडी मध्ये गौरादह नगरपालिकालाई प्रदान गरेको बा १ झ ८४८६ नम्बरको स्करपीयो संसद सचिवालयबाट अधिल्लो स्थानिय सरकारलाई उपलब्ध गराईएको थियो ।

त्यस्तै, दमक नगरपालिकालाई प्रदान गरेको प्रदेश १–०१÷००१ झ २७६ नम्बरको सवारी साधन जलेश्वर भन्सारमा रहेको र अर्थमन्त्रालयको सिफासिरमा गाउँपालिकालाई उपलब्ध गराएका थियो ।

त्यसैगरी, कोशी प्रदेश सरकारबाट विपद्का समयका प्रयोग गर्नेगरी अघिल्लो स्थानिय सरकारलाई प्राप्त भएको प्रदेश १–०२ ००१–झ ०७३० नम्बरको प्रहरी भ्यान गत असोज १० गते नै ईलाका प्रहरी कार्यालय दमकलाई प्रदान गरेको थियो ।

गाउँपालिकाले खर्चमा मितव्यायीता गर्नकालागी सवारी साधन छिमेकी पालिकालाई मात्र प्रदान गरेको छैन पालिकामा कार्यरत करारका कर्मचारीको तलव समेत रोक्का गरेको छ ।

जेनजी आन्दोलनपछी देशमा भएको आर्थिक क्षतीलाई व्यवस्थापन गर्दै स्थानियतहको खर्चलाई मितव्ययिता गर्ने नेपाल सरकारको परिपत्र अनुसार कमल गाउँपालिका गाउँ कार्यपालिको निर्णयले आवश्यक परेको बेला पुनः फिर्ता लिने सर्तसहित नगरपालिकालाई सवारी साधन प्रदान गरिएको हो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण देशभरका सरकारी कार्यलयमा भएका सवारी साधनमा तोडफोड र आगजनी भएका थिए । यसै क्रममा दमक र गौरादह नगरपालिकासमेत जेनजी आन्दोलनबाट अछुतो रहेन नगरपालिकाको कार्यलयसगै नगरमा भएका सवारी साधनसमेत पुर्णरुपमा जलेर नष्ट भएको छ ।

विपद्को समयमा कमल गाउपालिकाले गरेको सहयोग प्रति गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी र दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले आभार प्रकट गर्नु भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *