भरत चौलागाईं

दमक, २९ कार्तिक–नेपाल लेयर्स कुखुरा पालक संघ झापाको अध्यक्षमा भरत चौलागाईं चयन हुनु भएको छ ।

बिर्तामोडमा सम्पन्न संघको ऐतिहासिक प्रथम साधारणसभा तथा अधिवेशनबाट चौलागाईंलाइ सर्बसम्मत अध्यक्षमा चयन गरिएको निर्वाचन समिती संयोजक माधब पराजुलीले जानकारी दिनुभयो ।

यस्तै अन्य सबै पदाधिकारी तथा कार्यसमिति समेत सर्बसम्मत चयन भएका छन । जस अनुसार उपाध्यक्षमा पवन कट्वाल, सचिव र सह सचिवमा क्रमश कुबेर पराजुली र प्रतिक प्रसाईं चयन हुनुभएको छ ।

यसैगरी सन्तोष पराजुली कोषाध्यक्षमा चयन हुदा सदस्यहरुमा अमित पोखरेल , बलबहादुर बिस्ट, कमल पोखरेल ,राजेश धमला,चुडामणि मगर र दुर्गाप्रसाद भट्टराई चयन हुनुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *