धरमपुर, २९ कार्तिक–धरमपुर बजार व्यवस्थापन समितिले आज वार्षिक साधारणसभासहित आय तथा ब्याय सार्वजनिक गरेको छ ।

शिबसताक्षी–१ धरमपुर चोकमा साताको बुधबार लाग्दै आइरहेको धरमपुर हाटबजारको विकास र प्रवर्दनका निम्ति काम गर्दै आएको धरमपुर बजार व्यवस्थापन समितिले वार्षिक साधारणसभा तथा आय ब्याय सार्वजनिक गरेको हो ।

शनिबार, धरमपुर चौकको उत्तरतर्फ मिनी पार्कमा आयोजित साधारणसभामा धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले एक वर्षका संस्थागत गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष जोशीले धरमपुर चोकको सडक पेटीबाट बजारलाई अलग स्थानमा व्यवस्थापन गर्न भइरहेका प्रयोसका बारेमा बताउनुभएको थियो ।

अध्यक्ष जोशीका अनुसार २०७३ सालदेखि सञ्चालनमा आएको बजार सञ्चालन गर्नका लागि स्थानीयवासीहरुसंग भएका साथ र सहकार्यसंगै हाटबजारका लागि आउने व्यापारीहरुको स्वागत तथा सम्मानमा धरमपुर बजार व्यवस्थापन समितिका टिमले देखाएको सकारात्मक योगदानको चर्चा गर्नुभयो ।

अध्यक्ष जोशीले वार्षिक साधारणसभामा बजार सञ्चालनका दीर्घकालिन बनाइराख्नका लागि जग्गा खोजीमा जोड दिदैंआएको, बजारसहितका आसपासका गाउँ टोलमा सडक बक्ति जडान गरिने, हाटबजार स्थलका टहरा मर्मत तथा संभारका लागि आम्दानीका श्रोत खोजी गर्ने, दाताहरुबाट प्राप्त हुन आएको सहयोगलाई लिपीबद्ध गर्ने, सहयोग करमलाई बित्तिय कारोबार गर्ने, सुरक्षार्थ धरमपुर चोकमा बिट प्रहरी स्थापना गर्ने, सवारीसाधन पार्किङका लागि उचित स्थान छनौट गर्ने, सौचालय र पिउने पानी निर्माण गर्ने, साना तथा मिनी टहरा र फोल्डिङ टहराहरु निर्माणका लागि नगरपालिकाको कार्यालयमा माग गर्ने प्रस्ताव पेश गरेका छन् ।

बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीको अध्यक्षतामा र शिबसताक्षी–१ वडा कार्यालयकी वडा सदस्य निर्मला पौडेल बराइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथि वढा सदस्य बराइलीले कार्यक्रमको ब्यानर बाचन गरेर उद्घाटन गरेका थिइन् ।

बजार व्यवस्थापन समितिका सहसचिव दुर्गाबहादुर चेम्जोङले स्वागत मन्तव्य राखेका थिए । त्यस्तैं, कोषाध्यक्ष सुजता साही पौढेलले आयव्याय प्रतिवेदन पेश गरिन् ।

वार्षिक साधारणसभा तथा आयव्याय सार्वजनिक कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिले तिहारमा धौसीभैलो कार्यक्रमबाट संङकलित रुपैयासहित नामावलीसमेत प्रस्तुत गरिएको थियो । बजार व्यवस्थापन समितिका सदस्य तथा धौउसीभैलो कार्यक्रम संयोजक खगेन्द्र दाहालले रु १ लाख १३ हजार ५५० आम्दानी भएको बिबरण पेश गरेका थिए ।

कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिका सल्लाहकार संयोजक नारायणबहादुर थापा, धरमपु बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिनोद ढकाल, पत्रकार गोविन ल्वागुन, इन्दिरा बस्नेत लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।

सामाजिका अगुवा नगेन्द्रबहादुर बोहोराले शुभकामना मन्तव्य राखेका थिए भने बजार व्यवस्थापन समितिका सचिव मनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *