दमक, ५ मंसिर–फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति पुनःगर्ठनसंगै १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आज (शुक्रबार) झापाको दमकस्थित पशुपति सेवा सदनमा १४औं वार्षिक साधारणसभा तथा आगामी चारवर्षे कार्याकालका लागि फाल्गुनन्द सहकारी संस्थाको नयाँ सञ्चालक समिति पुनःगर्ठन गरिएको हो ।

सञ्चालक समितिको अध्यक्षमा पूनः पदम लिम्बू लिङदेन (ंसंकल्प) सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा फुलकुमारी नेम्बाङ आङ्दम्बे निर्वाचित हुनुभएको छ । त्यस्तै, सञ्चालक समितिको सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे लिम्बू, सदस्य खड्ग राई, सदस्य बुद्धमाया देवान, सदस्य ज्ञानु फियाक लिम्बू, सदस्य इन्द्रकुमार शेर्मा, सदस्य सुरेन्द्र शेर्मा, सदस्य सागर नेम्बाङ निर्वाचित हुनुभएको छ ।

लेखा सुरपरिवेक्षण समितिको संयोजकमा वीर बहादुर लावोती र सदस्यद्धयमा रतन फियाक लिम्बु, एमानसिंह लावोती सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई निर्वाचन समितिका संयोजक तथा जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक चुडमाणी ओझाले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

यसअघि, दमक–१ हल्दार चोकस्थित सहकारी संस्थाको मूख्य कार्यालयमा २७ कार्तिकमा पत्रकार सम्मेलन गरेर १४औं वार्षिक साधारण सभाका बारेमा जानकारी गराएको थियो । सो अवसरमा संस्थाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१।०८२ को प्रगति विवरण तथा आगामी कार्यक्रमहरु र आय-ब्ययसहितको लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

सहकारी संस्थाले २८ कार्तिक शुक्रबार बिर्तामोडस्थित सहकारी संस्थाको सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा सुरु गरेको थियो । २ मंसिर मंगलबार शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा आयोजना गरेको थियो । ३ मसिर बुधबार मोरङको उर्लाबारी सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष पदम लिम्बू लिङदेन (सकल्प) को अध्यक्षतामा र जिल्ला सहकारी संघ भाmपाका अध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा माइन्युट प्रमाणिकरण गर्दै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

निर्वाचन समितिका संयोजकसमेत रहनुभएका जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक चुडमाणी ओझाले १४औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारी, सदस्यहरु र लेखा सुपरिवक्षेण समितिका संयोजकसहित दुई सदस्यको नाम घोषणा गर्नुभएको थियो ।

वार्षिक साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष मेहरमान लिङदेन (दमक) र संस्थापक मेहरमान लाबुङ (उर्लाबारी) लाई संस्थाले आजिवन रुपमा वर्षको तीन हजार पेन्सन भक्ता उपलब्ध गराउने घोषणा गरेको छ ।

संस्थालाई आजको अवस्थासम्म ल्याउन योगदान पुर्याउनुहुने दुबै अग्रज व्याक्तित्वलाई वार्षिक साधारणसभामा दोसल्ला ओढाएर ताम्रापत्रले सम्मान गरिएको थियो ।

त्यस्तैं, संस्थाको दोस्रा, तेस्रो र चौठो कार्याकालसम्म सञ्चालक समितिमा रहेर महत्वपूर्ण योगदान गर्नुहुने कोषाध्यक्ष संगीता सेरेङ, सञ्चालक कमला योङहाङ, सञ्चालक सुवास आचार्य, लेखा सुपरिवेक्षण समिति सदस्य शक्तिकुमार साँवा, बिर्तामोड सेवा केन्द्र व्यवस्थापन समिति संयोजक चुडामणी अधिकारी, झिलझिले सेवा केन्द्र संयोजक किरण लिङदेन लगायतलाई ताम्रापत्रसहित बिदाई गरिएको थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष पदम लिम्बू लिङदेन (संकल्प), प्रमुअ अतिथि प्रेमकुमार कोइराला, विशिष्ट अतिथि तथा निर्वाचन समितिका संयोजक चुडामाणी ओझा, शिखा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा निर्वाचन समितिका सदस्य तेजबहादुर श्रेष्ठ, केवलीराम आचार्य, डगेन्द्रसिंह थेगिम लिम्बू लगायतले खादा तथा अविरसहित ताम्रापत्र प्रदान गर्नुभएको थियो ।

संस्थामा १३७० महिला र ११६५ पुरुषसहित २५३८ जना शेयर सदस्यहरु छन् । संस्थाले बिर्तामोड, झिलझिले र उर्लाबारी सेवा केन्द्रहरु सञ्चालमा ल्याएको छ ।

संस्थामा गएको वर्षसम्म ३ करोड ९८ लाख ५२ हजार ३ सय शेयर पूंजी पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सोहि अवधिमा कोष हिसाबमा २ करोड ८० लाख १९ हजार ७ सय १३, बचततर्फ १५ करोड ५९ लाख ९३ हजार ८९ रुपैया, कर्जा लगानी २० करोड १२ लाख ७९ हजार ८ सय २१ र वासलात २३ करोड ९ लाख ४ हजार ३ सय ७६ रहेको प्रतिवेदनमा जनाईएको छ ।

वार्षिक साधारणसभा संस्थाकी उपाध्यक्ष फूलकुमारी नेम्बाङ आङदम्बेले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका प्रमुख व्यवस्थापम कुवेर प्रसाद तुम्बापोले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *