दमक, ५ मंसिर–जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–९ बस्ने १९ वर्षीय सुन्दर गिरी रहेको दमक प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा इप्रका दमकको कार्यालय तोडफोड, आगजनी, प्रहरी कर्मचारीमाथि दुव्र्यवहारमा संलग्न भएको फोटो भिडियोको आधारमा इप्रका दमकबाट गएको टोलीले उनलाई विहिबार राति १ः १० बजे पक्राउ गरेको हो ।
पक्राउ परेका गिरी लाई आवश्यक अनुसन्धानको लागि इप्रका दमकमा राखिएको छ ।
योसंगै जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयमा आक्रमण गरेको आरोपमा पक्राउ पर्नेहरुको संख्या ३० पुगेको छ ।
यसअघि बिर्तामोडमा १६ र दमकमा १३ जना पक्राउ परेका थिए ।
