काठमाडौँ, ५ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छिन्।

जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले जेनजीसँग सम्झौता गर्ने विषय अन्तिम चरणमा पुगेको जानकारी गराइन्।

“यहाँहरूको मागका विषयमा राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुगिनेछ,” प्रधानमन्त्री कार्कीले भिनन्, “जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान सक्दैन, यहाँहरूको माग पूरा हुनेमा ढुक्क हुनुहोस्।”

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने एवं प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय गम्भीरतापूर्वक उठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गर्नुपर्ने भएकाले त्यसलाई बुझिदिन प्रधानमन्त्री कार्कीले ती समूहका प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उनले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उहाँहरूलाई सुझाव दिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *