दमक, ५ मंसिर–झापाको दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयमा शुक्रबा पुनःगठित विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतराज (गगन) पुरीसहित समितिका सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
यसअघि, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनःपुरीलाई सर्वसम्मत निर्वाचित गरेको छ । पुरिको अध्यक्षताम नौ सदस्यीय रहेको सो समिकिो सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक सिताराम ढकाल, पदेन सदस्य दमक–८ का वडाध्यक्ष कुबेर भट्टराई, सदस्यहरुमाा इन्दिरा भण्डारी, रमेश रिजाल, सोमबहादुर तामाङ, धनकुमारी अधिकारी, सपना विश्वकर्म र शिक्षक प्रतिनिधिमा योगेन्द्र आचार्य रहनुभएको छ ।
सो कार्यक्रममा दमक नगरपालिकी उपप्रमुख तथा प्रमुख अतिथि रेगिना भट्टराई प्रसाईले दमकको पुरानो शैक्षिक संस्थाका रुपमा परिचित सरस्वती माध्यमिक विद्यालयको गरिमा र प्रतिष्ठालाई अझ बढाउन नव निर्वाचित समितिलाई चुनौतीसहित जिम्मेवार थपिएको बताउनुभयो ।
दम नगर शिक्षा तथा खेलकुद शाखाका अधिकृत सोमनाथ गुरागाईले विद्यालयको शैक्षिकस्तर बद्धिका लागि विद्यालय व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
विद्यालयका पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष प्रेम कँुवरले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्दै सामुदायिक विद्यालयको शैक्षिक अवस्थाको विकासमा राजनीतिक आग्रह र पूर्वाग्रहले नहेर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको समापन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले अघिल्लो कार्यकालमा केही थोरै गतिविधिहरु भए तर यसपटकको कार्यकालमा विद्यालयलाई जिल्लाकै उत्कृष्ट नमूना विद्यालयको रुपमा स्थापित गराउने प्रतिवद्धता व्ग्यक्त गर्नुभयो । अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचनातर्फ भन्दा बढी पठनपाठकतर्फको अवस्थालाई थप सुधार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तैं, विद्यालयको नाममा रहेको जग्गा जमिनलाई व्यवस्थित गर्दै लैजाने र त्यसलाई उचित संरक्षणसहित आम्दानीको रुपमा ल्याउने अध्यक्ष पुरीले बताउनुभयो ।

