पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ, ७ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिस्थितिको समाधान निर्वाचनमार्फत गर्न सकिने बताएका छन्।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आइतबार घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेको भन्दै त्यसको पुनः स्थापनाका लागि एक मात्र विकल्प निर्वाचन रहेको बताए । उनले निर्वाचन तोकिएको समयमा सम्पन्न गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता रहेको उल्लेख गरे।

दाहालले भने, ‘कम्युनिस्ट घटक मात्र होइन काँग्रेस लगायतका सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ ।

फागुन २१ गते समयको अभावले चुनाव हुन नसक्ने भएमा आगामी वैशाखदेखि जेठ पहिलो सातासम्ममा ताजा जनादेश लिनुपर्छ । देशमा जारी अस्थिरतालाई निकास दिएर नयाँ गतिमा अघि बढ्नुपर्छ।ु

उनले नेपाली काँग्रेससहितका दलहरू चुनावका लागि तयारीमा लागिसकेकाले नेकपा एमालेपनि सहभागी हुने विश्वास व्यक्त गरे । दाहालले थपे, ‘सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ, यसमा नै सबैको भलो हुन्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *