प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ, ८ मंसिर–जेन जेड मुभमेन्टले सरकारमाथि भ्रष्टाचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा समूहले ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको दाबी गरेको छ । यस्तै, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका–नाता पर्ने व्यक्तिलाई सशस्त्र प्रहरीको डिआइजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप पनि समेटिएको छ।

जेन जेड मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा, ुयी सबै गतिविधि प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता वा संरक्षणबिना सम्भव हुँदैनु भन्दै कार्कीको राजीनामा मागिएको छ ।

समूहले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारप्रतिको ‘राजनीतिक नैतिकता र जनविश्वास समाप्त भएको’ दाबी गर्दै सार्वजनिक अवज्ञाको आह्वानसमेत गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *