दमक, ९ मंसिर–लेङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज (मंगलवार) झापाको दमकमा प्रभातफेरि कार्यक्रम गरिएको छ ।

दमक नगरपालिकासहित यहाँका एक दर्जन बढी संघसंस्थाहरुको संयुक्त आयोजनामा प्रभातफेरि कार्यक्रम गरिएको हो ।

दमक नगरपालिकाको कार्यलय परिसरबाट प्रभातफेरि निकालिएको थियो ।

प्रभातफेरिमा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी किशोर लम्साल लगायत १० वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक पार्टी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उत्साहपूर्णं सहभागिता थियो ।

सो आभियान यहि मंसीर २४ गतेसम्म दमकसहित देशभरी विभिन्न कार्यक्रम गरिने भएको छ । हेर्नुहोस्, प्रभातफेरिमा सहभागिहरुः

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *