काठमाडौँ, १६ मंसिर–नेपाल सरकारले बाढीबाट प्रभावित श्रीलङ्का सरकारलाई दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयले उद्धार तथा राहतका लागि सो बराबरको आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।

नेपाल सरकारले बाढीले पुर्‍याएको ठूलो क्षति प्रति दुःख प्रकट गरेको छ । श्रीलङ्कामा एक सातादेखिको लगातार वर्षाका कारण आएको बाढीले व्यापक जनधनको क्षति पुगेको छ ।

कम्तीमा १९३ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता, करिब २० हजार घर ध्वस्त र १ लाख ८ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी आश्रयमा राखिएको छ।

अधिकारीहरूका अनुसार करिब एक तिहाइ भागमा बिजुली अभाव छ र खानेपानीको सङ्कट पनि देखिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *