देव गुरुङ

काठमाडौँ, २८ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्टहरूले एक भएर अघि बढ्नु बाहेक विकल्प नभएको बताएका छन् ।

शनिबार एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै उनले भने, ‘इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त र राष्ट्रभक्त हुन्। मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति पनि कम्युनिस्ट नै हो।’

गुरुङले कम्युनिस्टहरू एक नभए समाजवादी प्रणाली स्थापना गर्न कठिन हुने बताए। ‘नेपालको कम्युनिस्ट आन्दोलन विखण्डन हुँदै आएको छ। यसलाई एकताबद्ध नगरी लोकतन्त्रको रक्षा गर्न र समाजवादी प्रणाली स्थापना गर्न कठिन छ,’ उनले भने।

अघिल्ला कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको स्मरण गर्दै उनले भने, ‘त्यसबाट पाठ सिक्दै मुलुकको लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको विकल्प छैन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *