दमक, २८ मंसिर–राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (एन प्याब्सन) झापाले विद्यार्थीहरुको कला र प्रतिभाको विकास गराउने उदेश्यले जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता सम्पन्न भएको छ ।
बिर्तामोडमा शनिबार आयोजित खेलकुद तथा शैक्षिक प्रतियोगितामा दमक–६ मा अवस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलले विभिन्न विद्यातर्फ बिजेता बन्दै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत भएको छ ।
डेलिया मन्टेश्वरी स्मार्ट स्कुलका संस्थापक तथा प्रिन्सिपल दीपक न्यौपानेका अनुसार एन प्याब्सन झापाले आयोजना गरेको विद्यार्थीहरुवीच प्रतिस्र्धात्मक कार्यक्रममा डेलियाले उत्कृष्ट पुरस्कार जित्न सफल भएको हो ।
मन्टेश्वरी विद्यालयतर्फ झापाका २३ वटा विद्यालयले सहभागिता जनाएका थिए । २९ वटा विद्यालयहरुबीच दमक–६ मा अवस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलका प्रसिद्ध राई र डेलिया मन्टेश्वरी स्मार्ट स्कुलकै सक्शी लिम्बूले हेण्डराईटिङतर्फ बिजेता भए ।
त्यसैगरी, डेलिया मन्टेश्वरी स्मार्ट स्कुलबाटै आयुष राईले ड्रुविङतर्फ दोस्रो भए भने प्रतिक्षा लिम्बू तृतीया भएका थिइन् । त्यस्तै, आराध्य डाँगी र श्रेयता खरेलले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
मन्टेश्वरीका संस्थापक तथा प्रिन्सिपल न्यौपानेले विद्यार्थीहरुको कला र प्रतिभाको विकास गर्ने उदेश्यले आयोजित खेलकुद तथा शैक्षिक प्रतियोगिताम डेलिया मन्टेश्वरीका विद्यार्थीहरुले देखाएको कार्यको प्रशंषा व्यक्त गर्नुभयो ।
नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीको अध्यक्षतमा र केन्द्रीय अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यतमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।
सो कार्यक्रममा नेशनल प्याब्सनका पुर्व केन्द्रिय अध्यक्ष तथा सांगठनिक विभाग प्रमुख पाण्डव हमाल, पुर्व केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, केन्द्रिय उपाध्यक्ष कुमार भट्टराई, केन्द्रिय महासचिव प्रताप थापा, कोशी प्रदेश अध्यक्ष कमल खनाल, सुनसरी जिल्ला अध्यक्ष खगेन्द्र केशी, मोरङ जिल्ला सचिव भनिरुद्र चौधरी लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

