साँङ्केतिक तस्विरः हात्ती

काठमाडौँ, ३ पुस–जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करबि ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुनसक्ने आशंका रहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत शनिबार मात्र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ६० वर्षीय भवकृष्ण घिमिरेको हात्ती आक्रमणबाट मृत्यु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *