दमक, ७ पुस–झापाको दमक–२ सानो खरखरे निवासी दिवंगत श्याम धिमालको परिवारलाई नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुबाट सहयोग प्रदान गरिएको छ ।

कांग्रेस झापाका जिल्ला सदस्य विष्णु सुब्बाको अगुवाईमा पार्टी नेता–कार्यकर्ता र शुभेच्छकुहरुबाट संकलित १४ हजार ५ सय ६५ रुपैया पीडित परिवारलाई प्रदान गरिएको हो ।

दमक- २ सानो खरखरे निवासी श्याम धिमाल कांग्रेसका क्रियाशील सदस्य हुन् । ४६ बर्षिय धिमालको तीन दिन अघि निधन भएको थियो ।

कांग्रेसले आइतवार धिमालको घरैमा पुगेर समवेदनापत्र सहित संकलित उक्त सहयोग रकम मृतकका दाजु कांग्रेस क्षेत्र नम्बर ५ प्रदेश (ख) प्रदेश अधिवेशन प्रतिनिधि अञ्चल बहादुर धिमाललाई हस्तान्तरण गरिएको हो ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र न ५ का अध्यक्ष जितु धिमालका अनुसार कांग्रेसका क्रियाशिल सदस्य श्याम धिमालको निधन भएको शोकको घडीमा पार्टीले समवेदनापत्रसहित सहयोग रकम हस्तान्त्रण गरिएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *