दमक, १० पुस–येशु ख्रीष्टको जन्मोत्सव वडादिन (ख्रीष्टमस) मा दमकसहित देशभरका इसाई धर्मावलम्वीहरुले खुशीयाली साटासाट गर्नुका साथै मानवता, प्रेम, शान्ति, आनन्द, हार्दिकता, खुशी जीवनको शुभेच्छा र शुभकामना आदानप्रदान गरेका छन् ।

दमकमा झण्डै ४० वटा भन्दा बढी चर्चहरुमा आज इसाई धर्मावलम्वीहरुले खुशीयाली साटासाटसंगै एकल महिलाहरु र जेष्ठ आमाबुबाहरुलाई खादा पहिराएर सम्मानपत्र र ख्रीष्टमस उपहार प्रदान गरिएको छ ।

यसैवीच, दमक–१ सुनौलो टोलमा अवस्थित आशिष प्रेस्वीटेरियन चर्चमा एकल महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने एकल महिलाहरुमा प्रवित्र राई (दमक–७), आशा राई (दमक–८), बुद्धमाया लावोती (दमक–२), सन्तकला राई (दमक–२), मनमाया पुकुर्टी (दमक–७), निशा सुनाम (दमक–७), आशा राई (कमल–१) छन् ।

त्यस्तैं, सोही अवसर पारेर जेष्ठ आमाबुबाहरुलाई समेत सम्मान गरिएको छ । हस्तबहादुर लिम्बू–९३ (दमक–७), फूलमाया लिम्बू–८७ (दमक–७), फौदसिंह थुलुङ–८६ (पेल्टिमारी), कर्णबहादुर राई–७३ (दमक–७), चन्द्रकला राई–८१ (दमक–७), एलडर शरण रणपहेली–७६ (दमक–७) एल्डरनी आमा रत्ना रणपहेली–७६ (दमक–७), जसमाया पाण्डे–९५ (दमक–१), रणमाया श्रेष्ठ–७५ (दमक–१), कुमारी श्रेष्ठ–८० (दमक–१), तुलोमा श्रेष्ठ–८० (दमक–१), अमृतबहादुर आङदम्बे–७५ दमक–१), अमृतमाया आङदम्बे–७२ (दमक–१), बिष्णुमाया कार्की–७२ (दमक–१), मीनबहादुर कार्की–७१ (दमक–१), कलधारा खबास–७३ (दमक–१), तुलासा चौधरी–७१ (दमक–१) छन् ।

त्यसैगरी, शारिरिक अशक्त परिवारहरु दिलिप श्रेष्ठ (दमक–७) लाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी दमक–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेले सम्मान गर्नुभएको थियो ।

आशिष प्रेस्बिीटेरियन चर्चका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा र वडाध्यक्ष हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सुनौलो टोल विकास संस्थाका अध्यक्ष राजकुमार बान्तवा राई, पूर्व अध्यक्ष गणेशप्रसाद निरौला लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा एल्डर शरण रणपहेलीले प्रार्थना गर्नुभएको थियो । कार्यक्रममका एल्डर सुरज लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्मान कार्यक्रमको सञ्चालन एल्डर शहरमान राईले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एल्डर पावल चाम्लिङले गर्नुभएको थियो ।

आशिष प्रेस्बिीटेरियन चर्चका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले बाइबाल धर्म शास्त्रमा उल्लेख भएका र मानव जातीमा बाइबलको शन्देशहरु सुनाउनुभएको थियो । वहाँले बाइबलभित्र प्रवित्र र दर्शनीय बिचारलाई श्रवण गर्नुसके वर्तमान समयमा देखिएका अनेकौ द्धन्द्ध, अपराध, हिंसा, लुटपाट लगायतका घट्नाहरु न्यूनिकरण र नियन्त्रण हुनेमा जोड दिनुभयो ।

सो अवसरमा भजन, नृत्य र गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई थप उत्साहजनक र मनोरञ्जनात्मक बनाइएको थियो । कार्यक्रमको समापनमा प्मुख अतिथी, विशिषट अतिथिहरु, अन्य अतिथिहरु, सहभागिहरु र आयोजकवीच सामुहिक भोजन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन एल्डर पावल चाम्लिङले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *