दमक, १० पुस–झापाको दमक–५ नारायण गोपाल टोलमा अवस्थित कर्नर स्टोन चर्चमा प्रभु यशु ख्रीष्टको जन्मोसत्व ख्रीष्टमस (वडादिन) मनाइएको छ ।
कर्नर स्टोन चर्चमा आयोजित ख्रीष्टमस (वडादिन) डेको अवसर पारेर केक काटेर खुशियाली गर्दै शुभकामना आदनप्रदान गरिएको हो । सो चर्चका अध्यक्ष पाष्टर दावा शेर्पाको अध्यक्षतामा ख्रीष्टमस डेको शुभकामना आदानप्रदानसंगै बाइबल धर्म शास्त्रका प्रवित्र वचन र प्रेम शन्देससहितका भजन, गीत, नृत्य र प्रार्थना गरिएको थियो ।
कार्यक्रममा स्थानीय सात जना एकल महिला (आमा दिदीबहिनी) लाई सम्मान गरिएको थियो । सो चर्चका पाष्टर शेर्पासहित दमक नगर इसाई समाजका उपाध्यक्ष तथा दिदीबहिनी संगतीका पूर्वअध्यक्ष रोजी कार्की शेर्पा लगायतले सम्मान तथा न्यानो कपडा वितरण गर्नुभएको थियो ।
दिदीबहिनीहरुलाई सम्मान गर्नुभएपछि पाष्टर शेर्पाले ख्रीष्टमस तथा नयाँ्र वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो । बाइबल धर्म शास्त्रले दिएका मानवता, प्रेम, शान्ति, आनन्द, हार्दिकता, खुशी जीवनका बारेमा बोल्नुभएको थियो ।

