दमक, १३ पुस–दक्षिणी झापाको गौरीगन्जमा सम्पन्न प्रथम गौरीगज खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले सर्वाधिक पदकहरु जित्दै उत्कृष्ट बन्न सफल भएको छ ।

शनिबार, गौरीगञ्जमा सम्पन्न प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले ७ वटा स्वर्णपदक जित्दै जिल्ला भरीमा उत्कृष्ट बन्न सफल भएको हो ।

डोजाङबाट २८ जना खेलाडी सहभागीहरूमध्ये विभिन्न वजन समूहमा ७ स्वर्ण पदक, ४ रजत र ८ काँस्य पदक जित्न सफल भएको डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।

स्वर्ण पदक जित्नेमा ३० केजी तौल समूहबाट मनिष राई, २६ केजीबाट प्रज्ञा तामाङ, ४१ केजीबाट सुभम अधिकारी, ४४ बाट रेसु धिमाल, ४६ केजीबाट देन्सु योगी, पुम्से महिलातर्फ सेमिना राई र इक्सा मादेन रहेका छन।

यसैगरी, रजत पदक प्राप्त गर्नेहरूमा २८ केजी समूहबाट संयोग थापा, २० केजीबाट डिम्पल बस्नेत, ४६ केजीबाट रन्जिता तामाङ र पुरुष पुन्सेतर्फ एसविन तुम्रोक र काँस्यपदकतर्फ २९ केजी तौल समूहकी साइनो दंगाल, ३५ केजीबाट चिनो दङ्गाल, ४४ केजीबाट परिस्ता राई, ५० केजीबाट निकिता तामाङ प्रतिक्षा तामाङ ,पुरुष ३५ केजीतर्फ आशिष धिमाल, ४४ केजीबाट रेगम राई, ५६ केजीबाट इन्दीप धिमाल रहेका छन् ।

प्रतियोगितामा झापा भरिका १६ वटा डोजाङका २३० खेलाडीहरुले भाग लिएका थिए । गौरीगञ्ज तेक्वान्दो डोजाङ र शुभम तेक्वान्दो डोजाङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

जिल्ला प्रथम बन्न सफल दमक तेक्वान्दो डोजाङले नगद १५ हजार,ट्रफि प्रदान गरिएको थियो । दोश्रो बनेको नवदुर्गा तेक्वान्दो डोजाङ दोश्रो र आयोजक गौरीगञ्ज तेक्वान्दो डोजाङले तेश्रो स्थान प्राप्त गरेको गौरीगञ्ज तेक्वान्दो डोजाङका प्रमुख रुपक थुलुङ राईले बताए ।

दमक तेक्वान्दो डोजाङका संरक्षक तथा तेक्वान्दो डोजाङका राष्ट्रिय प्रशिक्षक जितेन्द्र मेचे हुन् । डोजाङमा साहयक प्रशिक्षक प्रतिमा तामाङm, आयुष धिमार र कपिल धिमालले प्रशिक्षण गराइरहेका छन् ।

त्यस्तैं, दमक तेक्वान्दो डोजाङका सल्लाहकार संयोजकमा दमकको खेलकुद क्षेत्रका अग्रणी व्याक्तित्व गजेन्द्र देवान (गजु) रहनुभएको छ ।

एक वर्ष अघि स्थापना भएको यस डोजाङले जिल्लासहित प्रदेश तथा केन्द्रमा आयोजना गरेको आधा दर्जन विभिन्न प्रतियोगितामा विभिन्न पदक जित्दैआएको अध्यक्ष धिमालले बताए । डोजाङले दमकका ५ वटा सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेलको प्रशिक्षण सञ्चालन गर्दे आएको उनले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *