काठमाडौँ, २२ पुस–नेपाल बुद्धिचाल महासंघले सन् २०२४ का विश्व रापिड बुद्धिचाल विजेता सुपर ग्रायण्ड मास्टर भोलोदार मुर्जिनलाई एक कार्यक्रमबीच अनौपचारिक भेटघाट गरेका छन् ।

नेपाल बुद्धिचाल महासंघका प्रत्यासी अध्यक्ष प्रविण भँडेलको नेतृत्वमा उपमहासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, स्वतन्त्र चेस क्लबका महेन्द्रलाल महर्जन, हिमालयन चेस एकेडेमीका यासिर खम्बूले स्वागत गरेका छन्।

पूर्व विश्व विजेता गत साता कतारमा सम्पन्न विश्व रापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिपमा सहभागी जनाएर नेपाल आएका हुन्। सुपर जिएमसँगै वर्ड चेस फेडेरेसन फिडे ट्रेनर्स कमिसनका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय सिनियर ट्रेनर जिएम मिखाइल कोबालिया साथमा आएका हुन्।

भेटअघि जिएमद्वयले पभेलियन्स चेस एकेडेमीद्वारा आयोजना गरिएको ऐतिहासिक लस्कर खेल तथा नेपाली खेलाडीका जिज्ञासालाई सम्बोधन गरेका थिए।

पूर्व विश्व चेस च्याम्पियन जिएमले ३० जना नेपाली युवा खेलाडीहरु सँग एकैसाथ लस्करै चेस खेल खेलेर सबैलाई जितेका छन्।

अंग्रेजी नयाँ वर्ष मनाउन नेपाल भ्रमणमा आएको समयलाई सदुपयोग गरि पभेलियन चेस एकेडेमीले लस्कर खेल आयोजना गरिएको थियो। पूर्व विश्व रापिड च्याम्पियनले प्रत्यक्ष रूपमा नेपाली खेलाडीहरूसँग खेल्दै आफ्नो विश्वस्तरीय कौशल प्रस्तुत गरे।

कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडी, प्रशिक्षक तथा चेसप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जिएमले खेलाडीसँगको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षण, प्रतिस्पर्धात्मक सोच र अन्तर्राष्ट्रिय चेसबारे महत्त्वपूर्ण सुझावहरू दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *