काठमाडौं, २३ पुस–नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपालले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेकपा, जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए पनि नेकपा भने अन्तिम समयमा बाहिरिएको थियो।

नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले क्रमशः ९, ८ र १ सिट लिने गरी तालमेल गरेका छन्।

तदनुसार तीनै दलले उम्मेदवारको टुंगो लगाएका छन्।

कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। मधेसमा धमेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्। बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्। लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ। सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।

एमालेबाट कोशीमा रोशनी मेचे र सोमनाथ पोर्तेल उम्मेदवार बन्दै छन्। मधेसबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा र लुम्बिनी प्रदेशबाट रामकुमारी झाक्री उम्मेदवार बन्ने भएका छन्।

कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी उम्मेदवार बन्ने भएकी छन्।

जसपा नेपालले भने महन्थ ठाकुरलाई उम्मेदवार बन्ने तय भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *