काठमाडौं, २३ पुस—धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्नु हुने भएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिनु भएको हो । ‘म सुनसरी क्षेत्र नं १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ साम्पाङले लेख्नु भएको छ।

२०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गर्नु भएको छ।

पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उहाँले सुनसरी–१ बाटै चुनाव लड्ने बताउनु भएको छ।

यो क्षेत्रमा धरान उपमहानगर सहित बाराह क्षेत्रका केही र रामधुनीका एउटा वडा पर्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *