काठमाडौँ, २४ पुस–प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार बिहान ११ बजेदेखि करिब तीन घण्टा एक्ला एक्लै बसेर छलफल भएको हो ।
बालुवाटार स्रोतका अनुसार वार्तामा निर्वाचन केन्द्रित विषयमा छलफल भएको थियो। छलफलका क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि पार्टी तयार रहेको जानकारी गराएका थिए।
प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निर्वाचन गराउने भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीको कुरा सुनेपछि ओलीले एमाले ध्वंश गर्ने पार्टी नभएको भन्दै चुनावमा भाग लिने बताएका थिए ।
