काठमाडौँ, २४ पुस–नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन्।
आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भूमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्न नीति र नेतृत्व बदल्नु जरुरी रहेको बताए।
उनले पार्टी विधानको पालनाको गर्दा पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको रु भन्दै पार्टीको संस्थापन पक्षलाई प्रश्न गरे। उनले महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारे।
थापाले भने, ‘भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन। त्यसकारण महाधिवेशन माग गर्नेहरूले भदौ २३ र २४ पछाडि ठूलो परिवर्तन भयो। यो परिवर्तन किन भयोरु कसरी भयो रु यसमा हाम्रो भूमिका के रह्यो रु कहाँ सही, कहाँ गलत भयो रु यो सबैको विश्लेषण गरौँ। नीति पनि फेरौँ‚ नेता पनि फेरौँ। त्यसका निम्ति अधिवेशन गरौँ।’
उनले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई कहिल्यै पनि स्वीकार नगरिएको भन्दै आक्रोश व्यक्त गरे। उनले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रणा पठाएको पनि जानकारी दिए।

