दमक, २५ पुस–झापाको दमक–९ क्याम्पसमोडस्थित एउटा थुप्पा उद्योगसहित घरमा आगलागी हुँदा एक करोड ३० लाखबराबरको क्षति भएको छ।

दमक ९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेका प्रवक्ता खड्काले बताए।

आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका बारुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको थियो।

उद्योग र घर पूर्ण रूपमा जलेर नष्ट हुँदा एक करोड ३० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *