दमक, २५ पुस–बनभोज तथा मनरोञ्जन गर्नका लागि चर्चित ठाउँ होः चपेटी । झापाको दमकदेखि उत्तरतर्फ हरियाली जङ्गलको चुरेपाहाडमा अवस्थित चपेटी प्राकृतिक दृष्ट्रिकोणले आर्कषक छ । इलामको चुलाचुली गाउँपालिकामा रहेको चपेटीको सौन्द्धर्यकरणमा दमकका लायन्सकर्मीहरुले पहलकदमी गरेका छन् ।

पर्यटकीयस्थल चपेटीको प्रवेशद्धार गेट नजिकै पश्चिमतर्फ खुल्ला जमिनमा लायन्सकर्मीहरुले लायन्स पार्क बनाउने भएका हुन् ।

शुक्रबार, चपेटीमा निर्माणधिन लायन्स पार्कमा दमकका लायन्सकर्मीहरुले भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा निर्माणधिन लायन्स पार्कको घोषणा गरिएको लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी सचिव सम्झाना साँवा लिम्बूले बताईन् ।

लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी अध्यक्ष संगीत राई तुम्बापोको अध्यक्षतामा र लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सीका क्याविनेट सेक्रेटरी नेत्रप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको थियो ।

सो पार्कमा लायन्सकर्मीहरुको व्याक्तिगत प्रयासमा कंक्रीटले बनाइएका ७ थान कुर्सी (बेञ्च), फोहोर संङ्कलनका लागि ४ थान डस्टबिन (सिमेन्टको रिङ) र विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ ।

लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सको संयोजनमा निर्माण हुने सो लायन्स पार्कलाई आगामी वर्षभित्र व्यवस्थित बनाइने अध्यक्ष संगीता राई तुम्बापोले बताईन् । लायन्स पार्कमा हाल सिमेन्टको पिलरसहित वरीपरी तारबार गरिएको छ ।

हालै, संम्पन्न दमक उद्योग बाणिज्य संघको निर्वाचनमा महिला उपाध्यक्षमा बिजयी भएकी व्यवसायी तथा लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी अध्यक्ष राईले पर्यटकीयस्थल चपेटीलाई सुविधा सम्पन्न बनभोज र मनोरञ्जनस्थलको रुपमा विकास गर्न दमक लायन्सकर्मीहरुको प्रयासमा लायन्स पार्क निर्माणकार्य सुरुवात गरिएको बताईन् ।

सो कार्यक्रममा लायन्सकर्मी तथा रिजन चेयरपर्सन युवराज गजमेरले लयान्सकर्मीहरुको एकता, सहकार्य र जिम्मेवारीले समाजमा साना–ठूला कार्यहरु पुरा गर्न सफल भएको बताए । रिजन चेयरपर्सन गजमेरले कार्यक्रममा स्वागत मन्तव्यसहित चपेटीमा लायन्स पार्क निर्माण गरिनुपर्ने विषय, पार्कको महत्व र यसबाट हुने फाइदाका बारेमासमेत प्रकाश पारेका थिए ।

जोन चेयरपर्सन कमल बरालले सञ्चालन गरेका कार्यक्रममा एरिया–२ का प्रमुख बिश्वास बाबू कामत, एरिया कोअर्डिनेटर बुद्धि शेखर बजगाई, रिजन चेयरपर्सन नबीन ताम्राकार, लायन्सकर्मी भीम पौडेल लगायत विभिन्न व्याक्तित्वहरुको सहभागिता थियो ।

लायन्सले गर्यो खाद्यान्य सामाग्री सहयोग

सोही, कार्यक्रमकावीच पर्यटकीयस्थल चपेटीमा बसोबास गर्नुहुने एक बयोबृद्ध तथा शारिरिक रुपमा अशक्त बाघधन राईलाई खाद्य सामाग्रीहरु प्रदान गरिएको छ । जाडो मौसममा निकैकष्टकर जीवन बिताइरहेका जेष्ठ नागरिक राईको शारिरिक अवस्थासमेत कमजोर छ ।

पीडित राईकै निवासमा लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सले चामल, नून, तेल, चिनी, म्याटे«स, जुत्ता, ज्याकेट हस्तान्त्रण गरिएको रिजन चियरपर्सन युवराज गमजेरले जानकारी दिए । गजमेरले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिका, महिला तथा जेष्ठ नागरिकको सेवामा कार्यक्रमहरु सञ्चालन गरिदैआइरहेको बताए ।

कार्यक्रमको समापनमा निर्माणधिन लायन्स पार्कको कोअर्डिनेटर विश्वदीप देबले प्रमुख अतिथीसहित अतिथीहरुलाई धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *