धरमपुर, २६ पुस–स्थानीयस्तरमा सामाजिक सेवामुलक गतिविधिहरु गर्दै आइरहेको धरमपुरस्थित फुलबारी सेवा संगम क्लबको अध्यक्षमा शिक्षासेवी प्रेम शेर्मा सर्वसम्मत चयन भएका छन् ।

शिबसताक्षी–१ धरमपुरको फुलबार चोकमा आज (शनिबार) सम्पन्न ३०औं वार्षिक साधारणसभाले शिक्षा क्षेत्रका अग्रज व्याक्तित्व शेर्मालाई अध्यक्षमा चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा इन्द्रकुमारी पाण्डे, सचिवमा कुमार शंकर, सहसचिवमा मोहन फागो लिम्बू र कोषाध्यक्षमा निर्मला प्याकुरेल चयन भएका छन् ।

त्यस्तैं, क्लबको सदस्यहरुमा ज्ञानुहाङ शेर्मा लिम्बू, देउकुमारी राई लगायत छन् ।

क्लबका अध्यक्ष दिलबहादुर लिम्बूको अध्यक्षतामा ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सो सभामा क्लबले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका सामाजिक सेवामुलक गतिविधिहरु र वित्तिय गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साथै, सोही समारोहमा नवनिर्वाचित अध्यक्ष शेर्माले क्लबलाई आगामी वर्षमा रचनात्मक तथा सृजनात्मक कार्यहरुमा रुपान्तरण गरिने प्रतिवद्धता गरेका थिए ।

वार्षिक साधारणसभाको उद्घाटन शिबसताक्षी नगर उपप्रमुख समेत रहनुभएकी प्रमुख अतिथि नरमाया कार्कीले गर्नुभएको थियो । सो अवसरमा शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, युवा नेता दुर्गा नेम्बाङ, व्यवसायी मोहन सेनचुउरी, पूर्वशिक्षक माधवप्रसाद भण्डारीलगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *