झिलझिले, २६ पुस–झापाको शिबसताक्षी–११ झिलझिलेमा सञ्चालित किसान कृषि सहकारी संस्थाको ८औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
झिलझिलेस्थित किराँत राई यायोख्या भवनमा शनिबार किसान कृषि सहकारी संस्थाले ८औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष हरिशंकर सिलवालको अध्यक्षताम र वडा नम्बर ११ का वडाध्यक्ष बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको थियो । सो साधारण सभामा संस्थामा कारोबार गर्ने शेयर सदस्यहरुवीच असल बचत, असल ऋणी, बाल बचत, खुत्रुके बचत र उत्कृष्ट कर्मचारीलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मानितहरुलाई प्रमुख अतिथि वडाध्यक्ष आङ्बोसहित संस्थाका अध्यष सिलवाल लगायतले खादा, अविरसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
वार्षिक साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष सिलवालले आर्थिक वर्ष २०८१।०८२ का प्रगती बिबरण र वित्तिय पक्षहरुका बिवरणहरु प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदयप्रकाश राई, सतासी साप्ताहिक पत्रिकाका अध्यक्ष तथा किसान कृषि सहकारी संस्थाका सल्लाहकार योगेत लावोती, दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय अध्यक्ष बचन (रबिन) राई, अरुणोदय आधारभूत विद्यालय, शिबसताक्षी–८ की प्रधानध्यापक ताराकुमारी लावोती, पारिजात बहुदेश्यीय सहकारी संस्थाका व्यवस्थापक सागर थुलुङ लगायतको उपस्थित थिए ।
लेखा सुपरिवेक्षण समितिका संयोजक दीपक कडरियाले सञ्चालन र उपाध्यक्ष रुद्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।

