कमल, २६ पुस–कमलनगर जेसीजको ११औं साधारण सभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा देवराज भण्डारी (महेश) भएका छन् ।

झापाको कमल गाउँपालिकामा स्थापना गरिएको कमल नगर जेसीजको आज सम्पन्न अधिवेशनले वर्ष २०२६ का लागि भण्डारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षहरूमा कमल कटुवाल र प्रभात मण्डल निर्वाचित भएका छन् ।

त्यस्तैं, उपाध्यक्षमा बिशाल कार्की, ऐश्वर्य चौहान, भिमकुमारी बस्नेत (रञ्जना) र शम्भु निरौला निर्वाचित भएका छन् ।

साथै, तालिम निर्देशकमा मिलन पौडेल, जनसम्पर्क अधिकारीमा डिजा घिमिरे र प्रकरण निर्देशकमा भुमिका चापागाईं निर्वाचित भएको वर्ष २०२६ का लागि निर्वाचन आयुक्त तथा वर्ष २०२३ का अध्यक्ष रिजु कार्कीले जानकारी दिनुभयो ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *