मधुमल्ला, २६ पुस–झापाको कमल–२ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज शिक्षक–शिक्षिका, कर्मचारी र व्यस्थापन समितिसहितको सहभागितामा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

मनोरञ्जनसंगै विद्यालयका शिक्षक शिक्षिकाहरु, कर्मचारी र व्यवस्थापन समितिवीच अन्तरक्रियात्मक गर्ने उदेश्यले पारिवारिक बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

शनिबार, विहानै विद्यालयको एउटा समुह इलाम र मोरङको संगमस्थल नुनसरी खोला (कुइनेटार) मा पुगेका थिए । त्यहाँ, बनभोज कार्यक्रममा मनोरञ्जनसंगै आ–आफ्ना सिकाईहरुका अनुभवहरु आदनप्रदान गरिएको विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक यामनारायण प्रधानको नेतृत्वमा आन्तरिक खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको थियो । शिक्षक र शिक्षिकाहरुसहित कर्मचारीहरुवीच म्यूजिकरल चियर, हाडीफोर खेलहरुसहित नृत्य प्रतियोगिता गरिएको थियो ।

खेलहरुमा उत्कृष्ट हुने र नृत्यतर्फ बिजेताहरु शिक्षक–शिक्षिकाहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बराल र प्रधानध्यापक हिमप्रसाद दाहालले नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

सो बनभोज कार्यक्रममा कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका पूर्व प्रचार्य पुस्ता राई, क्याम्पास्थित कमल नगर अस्पतालका प्रमुख दीपक दाहाल, पत्रकार उमानाथ भण्डारी लगायतको सहभागिता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले विद्यालयमा दैनिक कक्षा कोठा पुगेर विद्यार्थीहरुप्रती सर्मपित शिक्षक शिक्षिकाहरुलाई एक दिन रिफ्रेसमेन्ट गराउन बनभोज कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

बरालले मनोरञ्जनको कार्यक्रमहरुले विद्यालयमा शिक्षक शिक्षिकाहरु र अन्य कर्मचारीहरुलाई आफनो कार्यक्षेत्रमा अझ बढी जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *