काठमाडौँ, २७ पुस–राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन हुँदैछ। निर्वाचन आयोगले पुस २३ गते मनोनयन पत्र दर्ता गराएका उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गर्ने भएको हो।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोएिको थियो। उम्मेदवारले चाहेमा आइतबार नाम फिर्ता लिने र दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ। रिक्त १८ पदका लागि विभिन्न कलस्टरबाट ४४ जनाको उम्मेदवारी दर्ता भएको छ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपाले गठबन्धन गर्दा नेपाली कम्युनिष्ट पार्टी नेकपा एक्लै भिडेको छ। नेकपाले १७ उम्मेदवार उठाएको छ ।

गठबन्धन गरेका कांग्रेसले ९, नेकपा एमालेले ८ र जनता समाजवादी पार्टीले ३ जनालाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनमार्चाले ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १ र नेपाल मजदुर किसान पार्टीले दुई जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *