काठमाडौँ, २७ पुस–उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूहरूलाई एक मौका (चान्स) दिन जनता समक्ष आग्रह गरेका छन् ।
शनिबार साँझ त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘अब उज्यालो नेपाल पार्टी देशैभरि, १६५ ठाउँमै उम्मेदवार उठाउँछौँ । देशैभर हामी क्याम्पिङ अगाडि बढाउँछौँ । छोटो समय छ, रातदिन नभनीकन काम गर्छौँ।’
निर्वाचनमा आफूहरूलाई जिताए धेरै परिवर्तन गर्ने उनले बताए। उनले पार्टी स्थापना ‘जेनजी’ आन्दोलनको भावनाअनुसार भएको पनि स्मरण गराए।
घिसिङले थपे, ‘यो चुनावमा हामीलाई सपोर्ट गर्नोस्, त्यसपछि देखाइदिन्छौँ( नेपाल के हुन्छ, नेपालको अवस्था के हुन्छ । एकचोटि चान्स दिनुस्, धेरै परिवर्तन गरेर देखाउँछौँ।’
उज्यालो नेपाल पार्टीले रास्वपा सँगको एकता प्रक्रिया भङ्ग गरेको र अब अलग्गै अघि बढ्ने निर्णय गरेको उनले स्पष्ट पारे। उनले भने, विचार मिल्ने पक्षसँग सहकार्य हुने पनि जानकारी गराए।

