शिबसताक्षी नगरपालिका

शिबगञ्ज (झापा), २९ पुस–झापाको शिवसताक्षी नगरपालिकाले माघे संक्रान्ति पर्वका अवसरमा माघ २ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।

पर्वको अवसरमा बर्सेनि शिवसताक्षी–१० स्थित कनकाई नदीको पश्चिम किनारमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । पछिल्ला वर्षहरूमा शिवसताक्षी नगरपालिका वडा नं। ५ भेलामुनी क्षेत्रको कनकाई नदी किनारमा समेत मेला सञ्चालन हुँदै आएको छ ।

परम्परागत रूपमा मकर स्नान गर्ने तथा मेला भर्ने चलन रहँदै आएकोले नगरबासीहरूको सहभागिता र सहजताका लागि कार्यपालिका बैठकको निर्णयअनुसार माघ २ गते स्थानीय विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त दिन अत्यावश्यक सेवाबाहेक शिवसताक्षी नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य नगरस्तरीय कार्यालयहरू बन्द रहने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *