नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौँ, २९ पुस–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको स्पष्ट पारेका छन् ।

विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको बन्द सत्रको दोस्रो दिन मंगलबार उनले सम्बोधन गर्दै भने, ुयो विद्रोह हो, प्रश्न गर्नु आफैँमा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो।ु

थापाले पार्टीभित्र गुठभन्दा गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्नु आवश्यक रहेको बताए। उनले बाहिरका हल्लामा नपर्न सबैलाई आग्रह गरे।

‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही भागबण्डाका लागि भनेको छ। म हल्लाको पछि गएको छैन, तपाईँहरू पनि नलाग्नुस्। यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ। बाहिर हुने सहमतिलाई यो हलले अपनत्व दिएपछि मात्रै अगाडि बढ्छ’ उनले भने ।

महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु पर्नेमा जोड दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *