दमक, २९ पुस–राष्ट्रिय परिर्वतन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा उम्मेद्वार घोषणा गरेको छ । झापाको बिर्तामोडमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा ५ बाट सविन चाम्लिङ राईलाई उम्मेद्वार बनाउने पार्टीले जनाएको छ ।

लामोसमयदेखि फोटो ग्राफर व्यवसाय गरिआएका उनी कमल गाउँपालिका निवासी हुन् ।

पार्टी अध्यक्ष राजेश पोर्तेल रहेको पार्टीले उज्यालो नेपाल पार्टीसंग सहकार्य गर्दै अघि बढ्ने जनाइएको छ । प्रत्यक्ष निर्वाचत राष्ट्रपति प्रणाली, भ्रष्ट्रचार शूनयता लगायतका एजेन्डाहरुलाई अघि बढाउँदै पार्टीले आफ्ना चुनावी कार्यक्रमलाई अघि बढाएको उम्मेदवार राईले जानकारी दिए ।

पार्टीको तर्फबाट समानुपातिक उम्मेद्वार बनेका शहीद र घाइते तर्फका संयोजक समेत रहेका प्रकाश भट्टराईले पार्टीले शहीद, घाइते तथा जेनजीको एकताको पार्टी राष्ट्रिय परिर्वतन पार्टी भएको बताए ।

पार्टीकी नेतृ अञ्जना राईले पार्टीले देशका विभिन्न स्थानमा उम्मेद्वार तय गर्दै उम्मेद्वारी घोषणा गर्ने काम भइरहेको जानकारी दिईन् । उनले आफ्नो पार्टीले विदेश जानुपर्ने अवस्थाको अन्त्य तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने अवस्थाको विकास गर्न आफुहरुको पार्टी लाग्ने बताइन् ।

सबैले अपनत्व हुने हिसाबले आफुहरुले चुनावी अभियान सञ्चालन गरिरहेको र निर्वाचनमा बाँसुरी चुनाव चिन्हसहित मैदानमा उत्रने उनीहरुको भनाई छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *