दमक, ३० पुस–कवि शिरोमणी लेखनाथ पौड्यालको १४२ओैँ जन्म जयन्ती दमकमा भव्यताका साथ मनाईएको छ । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले जन्मजयन्तीका अवसर पारेर गत पुस २७ गते श्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।

साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षतामा र दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दमक–७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल, प्राज्ञ मुनाराम शेर्मा, प्राज्ञ सुमित्रा वाङदेल चेली, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, उर्लावारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, शिवसतासी साहित्य समाजका अध्यक्ष उमानाथ दाहाल, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्र घिमीरे, साहित्य कला सङ्गमका सल्लाहकारहरु उत्तमप्रसाद भट्टराई र पुस्ता राई लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहित्यकला सङगमका उपाध्यक्ष दुर्गा खनाल काफ्ले ,महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सह सचिव मेघनाथ बन्धु, सदस्य बिबेक दुलाल क्षेत्री, रामकुमार उपाध्याय , लिलाप्रसाद अधिकारी र ज्ञाननाथ निरौला र सष्टाहरु किशोर खनाल, त्रिलोचन रेग्मी, खड्ग बहादुर खड्का ,यादवप्रसाद नेपाल ,गोपाल दहाल, हिमाल सुब्बा गुराश, मच्छिन्द्र याख्खा, अम्विकाप्रसाद सापकोटा, जीवनहरि शर्मा, लिला खनाल, राजकुमार अनिश्चित, हिमाल सुव्वा गुरास लगायतको उपस्थिति रहेको थियो ।

कवि तथा साहित्यकार हेमनाथ अधिकारीले कविशिरोमणीको बारेमा मन्तव्य राखेका थिए ।कार्यक्रममा कविहरु कृष्ण उदासी, रुद्र प्रभात, युग योगी राई, देवु चापागाई, रेनुका शर्मा, देशु बनेम लगायतले रचना वाचन गरेका थिए ।

साहित्य कला सङगमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोलेले स्वागत मन्तव्य राखेका थिए भने सङ्गमकै उपाध्यक्ष चन्द्रा गडतौलाको साङ्गितिक समूहले स्वागत गीत प्रस्तुत गरेको थियो । उक्त कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *