ललितपुर, ३० पुस–ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

ललितपुर महानगरपालिका १९ नं वडा अध्यक्ष राजेन्द्र महर्जनले एक विज्ञप्ति जारी गर्दै माघ २ र ३ गते हुने खुल्ला चेस प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएका छन्।

वडा अध्यक्ष राजेन्द्र महर्जनले विश्व बुद्धिचाल महासंघ (फिडे) को अन्तर्राष्ट्रिय चेस इभेन्ट कोड नं ४६१२५० प्राप्त गर्दै नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी गराएका छन्।

अध्यक्ष महर्जनले नेपालका शीर्ष १ सय ५० जना राष्ट्रिय चेस खेलाडीहरुको नाम दर्ता सुनिश्चित भइसकेको जानकारी गराउदै ३१ जनालाई कूल नगद १ लाख १ हजार धनराशी पुरस्कार प्रदान गरिने बताएका छन्।

उनले समाजलाई सहि दिशामा रुपान्तरण गर्न बौद्धिक खेल चेस उपयुक्त माध्ययम हुने हुदा बैचारिक स्तर उकास्न वडा कार्यालय खेलकुद प्रति बढी झुकाव राख्दै आएको अवगत गराएका छन्।

एन्टिचिटिङ प्रमुख आईए ज्ञानेन्द्र खाइजूले अनुशासनविरुद्ध लचिलो हुन नसक्ने जानकारी गराउँदै फेयर प्ले नियम पूर्णरूपमा लागु हुने सुचित गराएका छन्।

प्रतियोगिताका प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारले खेल १० मिनेट १० इन्क्रिमेन्ट समयावधि रहने तथा विजेता बन्न डाइरेक्ट इन्काउन्टर, बुकोल्ज कट वान, अप्सन एफ र सोनेवर्न बर्जरको सामना गर्नु पर्ने बताएका छन्।

प्रतियोगिताका संयोजक वडा सदस्य वीरेन्द्र ताम्राकारले प्रतिस्पर्धा ललितपुरको रातो मच्छिन्द्रनाथ मन्दिर अवस्थित मच्छिन्द्र बहालमा पहिलो दिन ५ चरण र दोस्रो दिन ४ चरणको खेल सञ्चालन पश्चात पुरस्कार वितरण गरिने बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *