सुरुङ्गा, ३० पुस–पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम माई पुल नजिक भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर बीएएबी ६१२६ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–४ निवासी ३५ वर्षीय कमल पराजुली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राति करिब साढे ८ बजे विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कारले मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि पराजुलीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, अस्पताल पुर्याएको करिब ५० मिनेटपछि, राति ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ठक्कर दिने सवारी साधन घटनास्थलबाट फरार भएकाले त्यस सवारीको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *