काठमाण्डौं, २ माघ–नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस पार्टी विभाजित हुनु दुःखद् भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकास्न आग्रह गरेका छन्।

‘लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको कुरा हो। पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनका आधारमा यसको कानुनी छिनोफानो हुने नै छ। राजनीतिक वैधता र जनचाहना निर्णयको सर्वोपरि सवाल हो,’ उनले भनेका छन्।

यो नेपाली कांग्रेसको आन्तरिक मामला भएको भट्टराईले बताएका छन्।

‘हामीले धेरै बोल्नु राम्रो होइन। कुनै उपायले कांग्रेस पुनः एकहुने अवस्था बनोस् कांग्रेसीजनमा मेरो शुभकामना छ,’ उनले भनेका छन्।

उनले २०७८ सालको एमाले विभाजन पनि स्मरण गरेका छन्।

‘तीतो स्मरण होस् संविधानविपरीत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिँदा शेरबहादुर दाई नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ उनले लेखेका छन्, ‘संसदमा एक महिना नारा लगाएको मलाई सम्झना छ। सभामुखले सुन्नै सुन्नु भएन। त्यतिबेला हामीले भनेका थियौं– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईंलाई पनि आइपर्ला हैरु २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुख रामचन्द्र पौडेलको भूमिका के थियोरु,’ उनले भनेका छन्।

टुटफुट र विभाजनतिर कसैले कसैलाई नउक्साउन, समयको वेग र जनचाहनालाई सम्मान गर्न आग्रह गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *