पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं, ३ माघ –नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाबाट उम्मेदवार बन्नेलाई टिकट बाँडिसकेको बताएका छन्।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो दलले फागुन २१ को निर्वाचनका लागि टिकट बाँडिसकेको बताएका हुन्।

‘मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाड्न सुरु पनि गरिसकेँ । हिजो काठमाडौंमा टिकट बाँडेर आएको’ उनले भने।

संयोजक प्रचण्डले अरू दलहरूले पनि टिकट बाँड्न थालिसकेकाले चुनाव तोकिएकै मितिमा हुने बताए।

‘समानुपाति सूची पनि गइसक्यो । प्रत्यक्षको मनोनयन गर्ने दिन पनि आइसक्यो । सरकारले जे गरिरहेको छ, राजनीति दलहरु पनि अगाडि बढिरहेका छन् र जनता पनि चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ ।

म तपाईहरुलाई पनि चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीका साथ अगाडि बढ्न अपिल गर्न चाहान्छु । चुनाव हुनैपर्छ, अर्को कुनै विकल्प छैन,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *