दमक, ३ माघ–दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वले आज (शनिबार) साँझ दमकमा ४५औं पदस्थापन तथा सपथ ग्रहण गरेको छ ।
वर्ष २०२५ का अध्यक्ष सहदेव भट्टराईले वर्ष २०२६ का अध्यक्ष राजेन्द्र बिमलीलाई अध्यक्षको चेन पहिराएर पद हस्तान्त्रण गरेका थिए । अध्यक्ष पदमा नवनिर्वाचित बिमलीले सोही समारोहवीच दमक जेसीज वर्ष २०२६ को वोर्ड समितिमा मनोनित र घोषणा गरेका थिए ।
अध्यक्ष बिमलीले दमक जेसीज वर्ष २०२६ का लागि महासचिव पदममा रुवल अधिकारी, कानुनी सल्लाहकारमा बिशाल अधिकारी, कोषाध्यक्षमा सन्ध्या बराल, प्रकरण निर्देशकमा सुमन कुमाल र सचिवमा धर्म ढुंगानालाई मनोनित गरेका थिए ।
यस अघि पुष महिनामा भएको निर्वाचन प्रकृयाबाट निर्विरोध रुपमा कार्यकारिणी उपाध्यक्षमा साजन श्रेष्ठ र कृष्ण भट्टराई, उपाध्यक्षहरुमा आभुषण भट्टराई, सरिता आचार्य, कुमारबाबु गजुरेल र मनिष श्रेष्ठ निर्वाचित भएका थिए । त्यस्तै, जनसम्पर्क अधिकारीमा राहुल साह र तालिम निर्देशकमा पंकज पोखरेल निर्वाचित भएका थिए ।
पदस्थापन कार्यक्रममा कार्यक्रम संयोजक धर्म ढुंगानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव रुवल अधिकारीले गरेका थिए । कार्यक्रममा साजन श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।
