दमक, ३ माघ–झापाको कमल गाउँपालिका–५ सितापुरी उत्तर जङ्गलमा रहेको साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुतका छुट्टाछुट्टै प्रतिमा अनावरण गरिएको छ ।

ति प्रतिमाहरुको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारिक कार्यक्रमकाबीच अनावरण गरेका हुन् ।

अनारणसँगै ति प्रतिमाहरु किरात राई यायोक्खा झापा जिल्ला समितिलाई हस्तान्तरणसमेत गरिएको छ ।

तोपागाछी र लखनपुर (कमल गाउँपालिका) का राई समुदायहरु र विेदेशमाा बसोबास गर्ने किरात राईहरुले जुटाएको रकमले सो प्रतिमाहरु निर्माण गरिएको समितिका संयोजक भीमराज राईले जानकारी दिए ।

कार्यक्रममा प्रतिमा निर्माण समितिका संयोजक भिमराज राईले यायोक्खा झापाका अध्यक्ष गणेश राईलाई प्रतिमाहरु हस्तान्तरण गरेका थिए ।

८ लाख ६४ हजार रुपैयाँ बराबरको रकम खर्च गरी निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष राईले साकेला थानको रक्षा र सम्पदा संरक्षणका लागि सबै किरात धर्मावलम्बीहरुले एकजुट भएर लाग्नुपर्ने बताउँदै यस्तो कार्यले नयाँ पुस्तामा सो समुदायको धर्म संस्कृतिका बारेमा अभिप्रेरणा जगाउने बताए ।

प्रथम किरात राजा यलम्बरले शुरु गरेको येले सम्वत ५०८६ नयाँ वर्ष तथा माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदानसहित गरिएको सो कार्यक्रममा स्थानीय किरात धर्मप्रेमी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कोशी प्रदेशका पूर्वसांसद अर्जुन राईले शुभकामना मन्तव्य राखेका थिए ।

यायोक्खा कमल गाउँ समिति सदस्य भिमराज राईले प्रतिमा निर्माणका क्रममा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका थिए ।

यायोक्खा कमलका अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार संयोजक सन्तोष राई र कार्यक्रम संचालन सदस्य चन्द्रप्रकाश राईले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *