हर्कराज राई (हर्क साम्पाङ)

दमक, ४ माघ–सुनसरीको धरान उप-महानगरपालिका प्रमुख (मेयर) हर्कराज साम्पाङ राईले आज (आइतबार) पदबाट राजीनामा दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

श्रम संस्कृति पार्टी खोलेर प्रतिनिधिसभा चुनावमा भाग लिने घोषणा गरेका साम्पाङले मेयर पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरेका थिए । उनी चुनावी अभियानमा सक्रिय भइसकेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *