काठमाडौँ, ४ माघ–प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० को आइतबार भएको अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको प्रलोपाका ता यानप्रसाद भट्टले जानकारी दिए ।

भेलामा सहभागी कार्यकर्ताहरूले भट्टराईलाई उम्मेदवार बन्न चर्को दबाब दिएको स्रोतले जनाएको छ। एक कार्यकर्ताले भने,

‘उम्मेदवार बन्न उहाँ मानिरहनुभएको थिएन। हामी कार्यकर्ताबाट चर्को दबाब दियौँ। केही साथीहरूले त उम्मेदवार नबन्ने भए सङ्गठनमा बस्न सकिँदैन सम्म भन्नुभयो । चर्को दबाबपछि उहाँलाई नै उम्मेदवार बनाउने निर्णय भएको छ ।’

प्रलोपा प्रवक्ता सन्तोष परियारका अनुसार स्थानीय मतदाताबाट व्यापक माग आएपछि भट्टराईलाई उम्मेदवारीका लागि आग्रह गरिएको हो । उनले भने, ‘अहिलेसम्म उहाँ उठ्नुहुन्छ भन्ने नै हो । औपचारिक निर्णय भोलि हुन्छ।’

भट्टराई २०६४ सालको संविधानसभा निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका थिए । २०७० मा गोरखा(१ र २०७४ मा गोरखा(२ बाट उनी विजयी बनेका थिए । २०७९ को निर्वाचनमा भने उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए ।

गोरखा-२ मा एमालेले चक्रे मिलन मिलन गुरुङलाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टीले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट कवीन्द्र बुर्लाकोटी उम्मेदवार बन्दैछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *