काठमाडौं, ५ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याउन थालेको छ।

पार्टीभित्र गर्दै आएको प्राथमिक निर्वाचन थाती राखेर रास्वपाले सचिवालय तहका नेताहरूको छलफलका आधारमा उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गराएको थियो। तर त्यहाँ बढी मत ल्याउने आकांक्षीहरू सूचीमा तलमाथि परेको भन्दै विरोध भएको थियो।

रास्वपाले यसपटक प्रत्यक्षतर्फ उम्मेदवार छान्दा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस समिति बनाएको थियो।

यद्यपि रास्वपाले यसपटक पनि आकांक्षीहरूको आवेदन माग गरेको थियो। ती उम्मेदवारहरूलाई गुगल फारम भराएको थियो। त्यसकै आधारमा उम्मेदवार चयन गरिएको रास्वपाले बताएको छ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी सहितका नेताहरूको उम्मेदवार टुंगो लागेको हो।

लामिछाने चितवन–२, बालेन शाह झापा–५, अर्याल काठमाडौं–९ र बुर्लाकोटी गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्। त्यस्तै रास्वपाले सातै प्रदेशका सभापतिलाई पनि उम्मेदवार बनाउने सैद्धान्तिक निर्णय यसअघि नै गरिसकेको छ।

ताप्लेजुङ– वीरेन्द्र श्रेष्ठ
झापा–१ निशा डाँगी
झापा–२ इन्दिरा रानामगर
झापा–३ प्रकाश पाठक
झापा–४ शम्भु सुस्केरा
झापा–५ बालेन शाह
मोरङ–३ गणेश कार्की
ओखलढुंगा– विश्वराज पोखरेल
उदयपुर–२ सूर्यबहादुर तामाङ
काठमाडौं–६ शिशिर खनाल
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–९ डिपी अर्याल ९डोलप्रसाद०
चितवन–१ हरि ढकाल
चितवन–२ रवि लामिछाने
चितवन–३ सोबिता गौतम

गोरखा–१ सुदन गुरूङ
गोरखा–२ कविन्द्र बुर्लाकोटी
नवलपुर–१ राजन गौतम
जुम्ला– बिनिता कठायत

बाजुरा– हेमराज थापा
कञ्चनपुर–१ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा
कञ्चनपुर–३ ज्ञानेन्द्र महतारा

कैलाली–१ कोमल ज्ञवाली
कैलाली–३ लक्ष्मण थारू
कैलाली–४ हरि रेग्मी
कैलाली– ५ आनन्द चन्द
बाँके–३ खगेन्द्र सुनार
दाङ–२ विपिन आचार्य
रुपन्देही–३ डा लेखजंग थापा
कास्की–२ उत्तम पौडेल
स्याङ्जा–१ धनञ्जय रेग्मी

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *